श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु

ईलाम, पुस २८

ईलामको सन्दकपुर गाउँपालिका–५ बतासेमा श्रीमानले बोतल प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

शुक्रबार राती ३५ वर्षीय सोम बहादुर गुरुङ र उनकै श्रीमती ३५ वर्षीया निरमाया गुरुङ बिच बादबिवाद भएको थियो ।

बादबिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी चौकी जमुनाको प्रहरी टोलीले सोम बहादुर गुरुङ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.