लायन्सका संस्थापकको जन्मदिनमा विद्यार्थीहरुलाई सहयोग

२९ पुस ७५, आइतबार
Share this
652shares

विराटनगर, पुस २९
लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मदिन विराटनगरका लायन्स क्लवहरुले पनि विभिन्न सेवामुलक कार्यक्रम गरी आइतबार मनाएका छन् । लायन्स क्लब अफ बिराटनगर डाइनो र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा स्थानीय शहिद प्रा. वि.बिराटनगरका विद्यार्थी माझ “मेल्विन जोन्स डे सेलिब्रेसन” कार्यक्रमको आयोजना गरेका हुन् ।

Advertisement

सो अवसरका विद्यार्थीहरुलाई झोला, कपी, किताब, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लब अफ विराटनगर डाइनोका सेक्रेटरी राजन भगतले जानकारी दिए । कार्यक्रममा बिद्यार्थीहरुमाझ केक समेत काटिएको थियो । बिश्वको सबै भन्दा ठूलो सन्जाल भएको सामाजिक संस्था लायन्स क्लबको स्थापना गर्ने मेल्विन जोन्सको जन्म १३ जनवरी सन् १८७९ मा अमेरिकामा भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top