विराटनगर, पुस २९
लायन्स क्लबका संस्थापक मेल्विन जोन्सको जन्मदिन विराटनगरका लायन्स क्लवहरुले पनि विभिन्न सेवामुलक कार्यक्रम गरी आइतबार मनाएका छन् । लायन्स क्लब अफ बिराटनगर डाइनो र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा स्थानीय शहिद प्रा. वि.बिराटनगरका विद्यार्थी माझ “मेल्विन जोन्स डे सेलिब्रेसन” कार्यक्रमको आयोजना गरेका हुन् ।
सो अवसरका विद्यार्थीहरुलाई झोला, कपी, किताब, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लब अफ विराटनगर डाइनोका सेक्रेटरी राजन भगतले जानकारी दिए । कार्यक्रममा बिद्यार्थीहरुमाझ केक समेत काटिएको थियो । बिश्वको सबै भन्दा ठूलो सन्जाल भएको सामाजिक संस्था लायन्स क्लबको स्थापना गर्ने मेल्विन जोन्सको जन्म १३ जनवरी सन् १८७९ मा अमेरिकामा भएको थियो ।