एजेन्सी, पुस ३०
स्पेनिस ला लिगा फुटबलमा खराव प्रदर्शन गरिरहेको स्पेनिस जाइन्ट रियल मड्रिडले आईतबार राती भएको खेलमा रियल बेटिसलाई २–१ ले पराजित गरेको छ ।रियलले रियल बेटिसलाई उसकै मैदानमा पराजित गर्न सफल भएको हो । रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । रियल बोटिसका लागि सर्जियो कानालेसले एक गोल फर्काए ।
आइतबार राति भएको खेलमा रियलले १९औं मिनेटमा लुका मोड्रिचको गोलबाट खेलमा अग्रता बनाएको थियो । ड्यानियल कार्भाहलले प्रहार गरेको बल विपक्षी डिफन्डरलाई लाग्दै फर्किएको बललाई लुका मोड्रिचले बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । जियोभानी लो सेल्सोको पासमा सर्जियो कानालेस अफसाइडमा बिट ट्याप गर्दै गोल गरेका थिए । तर, रियलले सर्जियो अफसाइडमा रहेको भन्दै अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिएको थियो । भिएआरको सहायतापछि रेफ्रील बेटिसलाई गोलको मान्यता दिएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा ड्यानियल सेवालेसले गोल गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए । सेवालेसले लो फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भएको थियो ।जितसँगै रियल १९ खेलबाट ३३ अंक जोडेर ला लिगाको चौथो स्थानमा उक्लन सफल भएको छ । त्यस्तै रियल बेटिस २६ अंक जोडेर सातौ स्थानमा छ ।