नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित !

काठमाडौं : भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ।

Advertisement

मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना (ओभर स्टे) नेपालमा बसेको भन्दै देश निकाला गरेको समाचार आजकाे नागरिक दैनिकमा छ।

सन् २०१८ मा ३७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन्। पछिल्लो पटक गृहमन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top