फरवार्डले बाड्यो २० प्रतिशत लाभांस

२९ पुस ७५, सोमबार

विराटनगर, पुस ३०
फरवार्ड कम्यूनिटि माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सुनसरीको दुहवीमा सम्पन्न भएको छ । दुहबी बजारमा केन्द्रीय कार्यालय रहेको सो माईक्रोफाइनान्स वित्तिय संस्थाको दुहवी स्थित दिनेश चौधरी स्मृति प्रष्ठिानको सभाहलमा आईतबार सम्पन्न भएको हो ।

साधारणसभाको संघीय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उद्घाटन गरिन् । सो अबसरमा बोल्दै मन्त्री अर्यालले फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्सले विपन्न परिवारका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन महत्वपूर्ण भुमिका खेलेको बताईन ।

मन्त्री अर्यालले सरकारले अब सवै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने र अबको १ वर्षपछि मुलुकमा कोहीपनि सुकुम्बासी नरहने दावी समेत गरिन् । कार्यक्रममा फाईनान्सकी अध्यक्ष भगवती चौधरीले देशका ३५ जिल्लाको २ लाख ३४ हजार महिला सदस्यहरुको माझमा सक्रिय माईक्रो फाईनान्सले छोटो अवधिमा महिलाहरुको बीचमा आर्थिक पहुँच विस्तारमा सक्रियतापूर्वक काम गर्दै आएको बताईन् ।

Advertisement

उनले २०६९ भदौं २८ गते स्थापना भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था मंसिर मसान्त सम्म देशका ३६ जिल्लाका ४ सय २३ गाउँ तथा नगरपालिकाका २ लाख ३३ हजार ९ सय १६ विपन्न परिवारमा पुग्न सफल भएको बताईन्् । संस्थाले ग्रामीण भेकमा बसोबास गर्ने, युवाहरु बेरोजगारीको चपेटामा परेका, वित्तीय अवसर नपाएकाहरुलाई विशेष प्राथमिकतामा राखेको उनले बताईन ।

२० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस वितरण
साधारणसभाका अबसरमा संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गरेको छ । संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति दिएको थियो ।सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७४ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३० करोड १ लाख ६५ हजार ७ सयको २०५ ले हुने नगद लाभांश रु ६ करोड ३३ हजार १ सय ४० (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाले नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम २०७४ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूजीको २५५ ले हुन आउने रकम ७ करोड ५० लाख ४१ हजार ४२५ बराबर बोनस शेयरलाई वितरण गरेको छ । साधारणसभामा अध्यक्ष भगवती चौधरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षकको नियूक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top