बीमा समितिले बुझायो आधा अर्ब राजश्व, एकै दिन ढुकुटीमा जम्मा भयो ३८ करोड

१ माघ ७५, मंगलबार

काठमाडौं , माघ १

Advertisement

बीमा समितिले आयकर वापत आधा अर्ब भन्दा बढी रकम राजश्व बुझाएको छ । समितिले आर्थिक बर्ष २०७१।७२ देखिको आयकर वापत सरकारलाई ५८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ तिरेको हो । समितिले सोमबार ३८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ राजश्व बुझाएको समितिका उप निर्देशक केशब दाहालले जानकारी दिए ।

यस अघि समितिले असार ३१ गते आर्थिक वर्ष २०७४।७५ र ७५।७६ को लागि २० करोड रुपैंयाँ अग्रिम कर भुक्तानी गरेको थियो । समितिले आर्थिक बर्ष २०७१।७२ को आय वापत ८ करोड ८८ लाख २६ हजार ६ सय, आव ७२।७३ को १२ करोड ४७ लाख २७ हजार २ सय ३५ रुपैंयाँ रआव ७३।७४ को आयकर वापत १६ करोड ७३ लाख ४६ हजार ८ सय १८ रुपैंयाँ सरकारी ढुकुटीमा पठाएको हो ।

Advertisement

महालेखा परिक्षकको कार्यालयले बीमा समितिसँग आयकर असुल्नुपर्ने लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेपछि सरकारले समितिसँग आयकर असुलेको हो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top