एजेन्सी, माघ १
बंगलादेश प्रिमियर लिगमा (बिपिएल) अन्तर्गत सिल्हेट सिक्सर्सको चौथो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ अटाएनन् । कप्तान डेविड वार्नरले बुझाएको प्लेइङ ११ को सूचिमा सन्दीपको नाम अटाएको छैन ।
सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । पछिल्ला दुई खेलमा खराव प्रर्दशन गर्दै विकेट विहीन हुन पुगेका कारण सन्दीपलाई आज टिम बाहिर राखेको हुन सक्ने अनुमान गरिएको छ ।
चितगोंग भाइकिंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन नसकेका सन्दीपले तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध ४ ओभरमा ३३ रन खर्चे तर विकेट लिन सकेका थिएनन् । पहिलो डेब्यू खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।