१५ अर्ब भारतीय लगानी भित्रियो, १ सय २० उद्योगमा ६ हजारलाई रोजगारी

काठमाडौँ,माघ १

नेपालमा १५ अर्ब भारतीय लगानी भित्रिएको छ । ३ वर्षको अवधिमा यो लगानी भित्रिएको हो । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्मको अवधिमा १४ अर्ब ९९ करोड २० लाखको लगानी भित्रिएको छ । यो लगानीबाट १ सय २० वटा उद्योग सञ्चालनमा आएका छन् । भारतीय लगानी रहेका ती उद्योगहरुमा ६ हजार ७६८ जनाले रोजगारी पाएका छन् ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म १ अर्ब ५ करोड ७ लाख रुपैयाँको लागतमा २६ वटा उद्योग स्थापना भएको छन् । सो उद्योगमा २ हजार ४३६ जनाले रोजगारी पाएका छन् ।

Advertisement

दर्ता भएका विदेशी उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या ९ वटा रहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा ३ वटा, उत्पादनमूलक क्षेत्रमा १० अटा, कृषि तथा बन पैदावरमा आधारित २६७ ओटा, उर्जा क्षेत्रमा ८२ ओटा, खनिजजन्य उद्योग ७० ओटा, मिनिरल क्षेत्रमा २ वटा, निर्माण क्षेत्रमा १ र सञ्चार क्षेत्रमा १ गरी २६ उद्योग दर्ता भएका हुन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ अर्ब ४० करोड १० लाख रुपैयाँको लागतमा ६३ वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमा २ हजार ७ सय १९ जनाले रोजगारी पाएका छन् । ती उद्योग मध्ये सबैभन्दा बढी उत्पादनमूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या २४ रहेको छ । त्यस्तै, पर्यटनसँग सम्बन्धित १०, सेवामूलक १४, कृषि तथा बन पैदावरमा आधारित १ र सञ्चार क्षेत्रमा ३ गरी ६६ उद्योग दर्ता भएका हुन् ।

Advertisement

आर्थिक वर्ष २०७३/०७४ मा २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको लागतमा ४१ वटा उद्योग स्थापना भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा १ हजार ६२२ जनाले रोजगारी पाएका छन् । आव २०७३/०७४ मा दर्ता भएका विदेशी उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या १८ रहेको छ । त्यस्तै पर्यटनमा ६, उत्पादनमूलक क्षेत्रमा १५, कृषि तथा बन पैदावरमा आधारित १ र मिनिरल क्षेत्रमा १ गरी ४१ उद्योग दर्ता भएका हुन् । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top