काठमाडौं, माघ २
बुधबार गोंगबुस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । विस्फोटमा परी घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल तथा रेशम तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पताल तथा ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोंगबुमा सिलिन्डर विस्फोट : पाँच जना गम्भीर घाइते
२ माघ २०७५
भर्खरको समाचार