अनिवार्य स्थायीको माग गर्दे अस्थायी शिक्षकहरु आन्दोलित

अनिवार्य स्थायीको माग गर्दे अस्थायी शिक्षकहरु आन्दोलित

विराटनगर, माघ ३
अस्थायी शिक्षकहरुलाई कुनै पनि बहानामा अवकाश नदिई अनिवार्य अवकाश उमेरको हद लगाउन नपाइने भन्दै अस्थायी शिक्षकहरुले यही माघ ७ गतेदेखि आन्दोलन गर्ने भएका छन् ।

आन्दोलनका कार्यक्रम तय गर्न बिहीबार मोरङका अस्थायी शिक्षकहरुबीच विराटनगरमा छलफल समेत भएको छ । छलफल कार्यक्रममा बोल्दै अस्थायी शिक्षक संघ मोरङका अध्यक्ष अरविन्द यादवले अस्थायी शिक्षकहरुलाई उमेरको हदबन्दी नलगाउन तथा स्थायी प्रकृया अघि बढाउन सरकारसंग माग गरिएको बताए ।

अध्यक्ष यादवले देशभर १५ हजार अस्थायी शिक्षकहरुलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन् । शिक्षा ऐनको आठौ र नवौ संसोधनबाट अस्थायी शिक्षकहरुलाई पदमुक्त हुने परिस्थिति आएकोमा अस्थायी शिक्षकहरु घर न घाटको भएको उनीहरुको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.