सरकारी खर्चमा मस्ती : जोडी बाँधेर भ्रमणमा, जन्मदिन र विवाह वर्षगाँठ मनाउन व्यस्त

धरान : धरान उपमहानगरपालिका र सिक्किमको गान्तोक नगरपालिकाले भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गरेको थियो । उपमहानगरपालिकाले भागिनी सम्बन्ध गाँस्न अनुरोध गरेको थियो । सो बारे छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो।

Advertisement

बैठकले सात जना गान्तोक जाने सिफारिस गर्‍यो। तर, कार्यवाहक मेयर मञ्जु भण्डारी ३० जनाको टोली लिएर गइन्। उनीहरू पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन्।

धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन्। त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ।

Advertisement

सिक्किम भम्रणमा गएका टोलीमा अधिकांश दम्पती छन्। कार्यवाहक मेयर भण्डारीसँग उनका पति मुरारी सुवेदी पनि छन्। सुवेदी नेकपाका जिल्ला सदस्य हुन्।

उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए। कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रनिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकार समेत छन्। गान्तोकसँग भगिनी सम्बन्ध कायम गर्न गएको टोली जन्मदिन मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको छ । ,अन्नपूर्णपोष्ट दैनिकमा खबर छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top