अनशनस्थल बन्दै शिक्षण अस्पताल- केसीकाे विरूद्धमा थापा, थापाकाे विरूद्धमा खेम!

Dr. Govinda K.C., who is on a hunger strike, lies on a hospital bed at Teaching Hospital in Kathmandu, Nepal, Wednesday, April 1, 2015. Thousands of doctors in Nepal have stayed away from their work at clinics and hospitals to support the doctor who has been on a hunger strike for the past 10 days demanding reforms in medical education and services. (AP Photo/Niranjan Shrestha)

काठमाडौं : चिकित्सा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औँ पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनीविरुद्ध विजय थापा अनशन बसिरहेका छन्।,याे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेका छन्। केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण अस्पताल अनशनस्थलमा परिणत देखिएको छ। मगरले सोमबार अनशन बस्ने ठाउँ दिन अस्पतालका कार्यकारी निर्देशका प्राडा प्रेमकृष्ण खढ्गासमक्ष सोमबार निवेदन दिएका हुन्।

केसीलाई अहिले अस्पतालको गणेशमान सिंह भवनमा सारिएको छ। केसी १४ दिनदेखि अनशनमा छन्। थापा भने विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने माग राखेर पुस २७ देखि अनशनमा छन्। उनलाई पनि सेनाको हेलिकोप्टरबाटै काठमाडौं ल्याइएको थियो। अनशन बस्न लागेका खेमबहादुर भने आफू केसीको समर्थनमा रहेको बताएका छन्।