राजधानीमा स्वाइन फ्लुको संक्रमण बढ्दै, एकको मृत्यु

काठमाडौं : राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ। चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–उच१एन१’ भनिन्छ।,यो खबर आजको कान्तिपुरमा छ ।

Advertisement

चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन्। तीन दिनअघिसमेत ओम अस्पतालको आइसियुमा रहेका एक संक्रमितलाई इयरलिफ्ट गरेर भारत लगिएको छ।

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको छ।

Advertisement

ओम अस्पतालको आइसियुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top