विराटनगरमा पनि मनाईयो गजेन्द्रनारायणको स्मृति दिवस

१० माघ ७५, बिहीबार
Share this
741shares

विराटनगर, माघ १०
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहको स्मृति दिवस बिहिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले विराटनगरमा पनि एक कार्यक्रमको आयोजनागर्दै स्वर्गिय सिंहको १७ औं स्मृति दिवस मनायो ।

Advertisement

राष्ट्रिय जनता पार्टी नेपाल मोरङका अध्यक्ष मण्डलका सदस्य जगरनाथ राजवंशीको अध्यक्षतामा मनाइएको स्मृति दिवसमा राजपाका केन्द्रीय एवम जिल्ला नेता सहित कार्यकर्ता र मधेशी अधिकारकर्मीको सहभागिता थियो ।

Advertisement

स्मृति सभामा राजपाका बरिष्ठ नेता बद्रीप्रसाद मण्डलले मधेशको राजनितिलाई संस्थागतगर्ने पहिलो नेता गजेन्द्रनारायण सिंह रहनुभएको बताए । उनंले सिंहले राणाशासन बिरुद्धको आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुका साथै समानता र संघीयताको मुद्धा समेत सबभन्दा पहिले उठान गर्नुभएको दाबी गरे ।

राजपाकै महासचिव जगदिश अधिकारीले स्वर्गिय सिंहले प्रजातन्त्रिक आन्दोलनमा दिएको योगदान अविस्मरणिय रहेको उल्लेख गर्दै वर्तमान नेताहरुले सिंहको जीवनबाट पाठ सिक्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top