बाजुराका गाउँवासीलाई सिटामोलै लिन तीन दिन

बाजुरा :बाजुराको हिमाली गाउँपालिका ३ गुम्बा गाउँवासीलाई आफ्नै वडामा रहेको स्वास्थ्यचौकी जान–आउन र उपचार गर्न तीन दिन लाग्छ। बिरामी भएपछि तीन दिन बोकिएर पुगे पनि औषधि नपाएर फर्किनुपर्ने बाध्यता छ। स्वयंसेविका पासाङ लामाले गुम्बाको पूरै गाउँ आधारभूत स्वास्थ्यसेवाबाट समेत वञ्चित भएको समेत बताइन्।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

गुम्बागाउँमा २५ परिवारका २०० जना बसोबास गर्छन्। ‘उनीहरू सिटामोल लिन स्वास्थ्यचौकी जान पनि तीन दिन लाग्छ’, स्वयंसेविका लामाले भनिन्। हिमाली गाउँपालिका साविकका विकट गाविस बिच्छ्याँ, बाँधुको केही भाग र रुगीन गाविस मिलाएर बनेको हो।

साविकको बिच्छ्याँ गाविसको देवसैनमा स्वास्थ्यचौकी छ। स्वास्थ्यचौकी पुग्न एक दिन, उपचार गर्न एक दिन र फर्किन एक दिन लाग्ने कारण स्वास्थ्य सेवाबाट विमुख भएको महिना दिनदेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङले बताइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top