इटहरीका प्रितम सारेगमपको उत्कृष्ट १५ मा

इटहरीका प्रितम सारेगमपको उत्कृष्ट १५ मा

एजेन्सी,माघ १५
इटहरीका बाल गायक प्रितम आर्चाय भारतको जिटिभीबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्सको उत्कृष्ट १५ मा पुग्न सफल भएका छन् ।

उनी उत्कृष्ट ३० बाट १५ मा पुगेका हुन । साढे सात लाख प्रतिष्पर्धीलाई उछिन्दै १५मा पर्नु इटहरीका लागि मात्र नभई देशकै गौरवको कुरा भएको इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले बताएका छन् ।

साढे सात लाखका मध्येबाट १५ मा पुग्नुनै कठिन कुरा हो जुन उनले पार गरेको छन । अबका चरणमा प्रत्येक कार्यक्रमबाट एक एक जना मात्र हट्ने छन ।

उत्कृष्ट ३० मा पुगेपछि केही साता अगाडि इटहरी आउँदा उनलाई इटहरी उपमहानगरले सवै नगरवासीहरुको तर्फवाट भब्य स्वागत गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.