प्रजनन स्वास्थ्यमा महिलाहरुलाई आत्मनिर्णयको अधिकार हुनुपर्नेमा जोड

१५ माघ ७५, मंगलबार
Share this
679shares

विराटनगर,माघ १५
प्रजनन स्वास्थ्यमा महिलाहरुलाई आत्मनिर्णयको अधिकार हुनुपर्नेमा मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । उनीहरुले बालविवाह कानूनी अपराध हुनुका साथै यसवाट शिक्षा, स्वास्थ्य तथा समाजमा नकारात्मक प्रभाव पर्ने भएकोले समाजले कुनै पनि अर्थमा यसलाई मान्यता दिन नहुने बताए ।

Advertisement

महिला कानून र विकास मञ्च र सेन्टर फर रिप्रोडक्टीभ राइटस्द्धारा विराटनगरमा आयोजित “महिलाको प्रजनन् स्वास्थ्य अधिकार र बालविवाह विरुद्धको अधिकारसम्बन्धी प्रदेशस्तरीय छलफलमा वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महिलाले प्रजनन् भूमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई सम्मान दिनुपर्नेमा सञ्चारकर्मीहरुको जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ, अधिवक्ताहरु प्रभाकर श्रेष्ठ, पूर्णा श्रेष्ठ, नविनकुमार श्रेठ र मीना गिरीले महिलाको प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी मान्यताको प्रवद्र्धन र बालविवाह विरुद्धको अधिकार विषयमा सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा प्रदेश नं १ का १२ जिल्लाका २० जना संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top