एजेन्सी, माघ १७
कोपा इटालिया फुटबलको डिफेन्डिङ च्याम्पियन तथा चार पटकको विजेता युभेन्टस क्वाटरफाइनलबाटै बाहिरिएको छ ।बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
त्यसको दुई मिनेट पछि नै डुभान जापाटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । जापाटाले मारियो पासालिकको पासमा गोल गरेका थिए ।
८६औं मिनेटमा डुभान जापाटाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–० को जित दिलाएका हुन् ।