नेपाल अमेरिका सम्बन्ध चिसियो

नेपाल अमेरिका सम्बन्ध चिसियो

काठमाडौं : भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ ।, यो समाचार आजको कान्तिपुरमा छ ।

अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् ।

अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारण एउटै भए नभएको बारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिइएको काठमाडौंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.