हच्किए ट्रिपर ब्यवसायी

विराटनगर : स्थानीय प्रशासनले सडक अवरुद्ध गर्न प्रयोग भएका टिपर क्रेन प्रयोग गरेर हटाउने चेतावनी दिएपछि टिपर व्यवसायीले गरेको चक्काजाम करिब चार घण्टापछि खुलेको छ ।

मोरङको सुन्दरहरैँचामा ७ वटा टिपर आगजनी गरेको विरोधमा पुर्वाञ्चल टिपर व्यवसायी संघले शुक्रबार १२ बजे कोशी राजमार्गको विराटनगर ढाटमा टिपर तेस्र्याएर सडक अवरुद्ध गरेका थिए ।अवरुद्ध सडक खुलाउन प्रशासनले क्रेन प्रयोग गर्ने तयारी गरेपछि व्यवसायीले आफैँले चक्काजाम खोलेका हुन् ।

गत सोमबार सुन्दरहरैँचाकी ११ वर्षीया बालिका लक्ष्मि ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले सातवटा टिपर आगजनी गरेका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top