तस्कर र वन रक्षकबीच गोली हानाहान

तस्कर र वन रक्षकबीच गोली हानाहान

वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच  फायरिङ भएको छ ।

तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो ।

उपभोक्तासहित टोली घटनास्थल नजिक पुग्नै लाग्दा तस्करले फायरिङ गरेका थिए ।

प्रतिरक्षाका लागि वन रक्षकले पनि फायर गरेको सहायक वन अधिकृत प्रकाश ठाकुरको भनाई छ, आजको कान्तिपुरमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.