विराटनगर, पुष १९
बिराटनगरलाई १ नं. प्रदेशको अस्थायी राजधानी ताकेको बिरोध गर्दै धरान–धनकुटा सडक अबरुद्ध पारिएको छ । अस्थायी राजधानी विराटनगरलाई तोकिएको विराधमा धनकुटाका स्थानियले बुधबार कोशी राजमार्ग अन्तर्गत धरान– धनकुटा सडक अवरूद्ध बनाएका हुन् ।
भौगलिक, वातावरणीय र जनताको पायकका हिसाबले धनकुटा प्रदेशको राजधानी बन्न योग्य हुँदाहुदै बिराटनगरलाई अस्थायी राजधानी तोकेको बिरोधमा धनकुटाका जनताले राजमार्ग अवरूद्ध बनाएका हुन ।
बिना शुचना एकाएक राजमार्ग अवरूद्ध बनाएपछि लामो तथा छोटो दुरीका यात्रुबाहक बस तथा ट्याक्सीहरु बिच सडकमै रोकीएर यात्रुहरु अलपत्र परेका छन । प्रदेश नं एकको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै लामो समयदेखि धनकुटावासीहरू सरकारलाई दबाब दिन बिभिन्न दबाबमुलक कार्यक्रमहरू गर्दै आएका छन ।