विराटनगर : प्रदेश सभाको तेस्राृ तथा हिउँदे अधिवेशन आज(आईतबार)बाट सुरु हुँदैछ । प्रदेशसभा भवनमा अपरान्ह ३ बजे बैठक आव्हान गरिएको हो ।
बिज्नेश अभावको कारण देखाउँदै प्रदेश सरकारले ढिलो गरी संसद् बैठक बोलाएको हो । मन्त्रीपरिषद्ले माघ २० गते अपरान्ह तीन बजे संसद बैठक बोलाउने निर्णय गरेबमोजिम प्रदेश प्रमुख प्राडा गोबिन्द बहादुर तुम्बाहाङले संसद् बैठक आव्हान गरेका थिए ।
आईतबार बस्ने हिउँदे अधिवेशनको बैठकमा प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम संसद बैठक आव्हान गरेको पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर सुनाउने छन् ।
त्यसैगरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच वटै संसदीय दलका नेताहरुले बोल्ने कार्यसुची रहेको जनाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।