अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार

अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार

काठमाडौं : अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।

म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रबाट उद्दार गरेको हो । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना भने माइती नेपालले दिएको थियो ।

त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.