अश्वमेध गायत्री महायज्ञ सफल बनाउन शक्ति कलश रथयात्रा

२१ माघ ७५, मंगलबार

वीरगन्ज ,माघ २२
नेपालमा पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन सोमबार देखि वीरगन्जबाट तीनवटा शक्ति कलश रथ यात्रा संचालनमा आएको छ । वीरगन्ज स्थित आर्दशनगरबाट शुरु भएको शक्ति कलश रथ यात्राको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरे ।

विधिवत रुपमा पुजा पाठ गरी वीरगन्जबाट रथयात्रा पूर्व, पश्चिम र उत्तर तर्फ प्रस्थान गरेको छ । रथयात्रा शुभारम्भ गर्दै मेयर सरावगीले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएकोले उत्साहजन सहभागिताको लागि नेपालबासी संग आग्रह गरे ।

????????????????????????????????????

यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सकिन्छ, वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ ।

Advertisement

वीरगन्जबाट शुरु गरिएको रथयात्रामा राखिएको कलशमा २४ सय तिर्थ स्थलको जल मिसाएर राखिएको छ, हरेक जिल्ला यसको प्रभावले शुद्धिकरण हुँदैजान्छ । एकमहिने रथयात्रा पूर्व मेचि देखि पश्चिम महाकालि र उत्तर काठमाण्डौ, बनेपा, धुलिखेल, पोखरा लगायतको स्थानमा व्यापक रुपमा प्रचार प्रसार गरि यज्ञमा सहभागिता जनाउन सवैमा आहवान समेत गरिने यज्ञका प्रचारक राजेश्वर सिंहले बताए ।
फाल्गुन १९ गते शुरु भई २२ गते सम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाख भन्दा बढीको सहभागिता हुने छ र यसमा कुल लागत २ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

सम्बन्धित समाचार

Scroll to Top