मनमोहनलाई ७७ लाखको इन्जीनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण

२१ माघ ७५, मंगलबार

किशोर विश्वकर्मा
विराटनगर, माघ २२
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटलाई जापान सरकारले करिव ७७ लाख रुपैयाँ वरावरको इन्जीनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

पोलिटेक्निकमा एक कार्यक्रमका बिच जापनी दुतावासका द्धितिय सेक्रेटरि मासाओ कुनिसाडा र जिजिपि प्रोजेक्ट म्यानेजर इमाई कावरीले ७६ लाख ७८ हजार रुपैयाँ मुल्य वरावरको इन्जीनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् ।

Advertisement

कार्यक्रममा जापनी दुतावासका द्धितिय सेक्रेटरि कुनिसाडाले नेपाल र जापानबिच सदियौँदेखी घनिष्ठ सम्बन्ध रहँदै बताउँदै नेपालको विकासमा जापान सरकारको सँधै सहयोग रहने प्रद्धिवद्धता जनाए ।

उनले मनमोहन स्मृति पोलिटेक्निकले स्थापना कालदेखी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको र बेरोजगारी समस्या समाधानमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएकाले यस अघि पनि सो इन्स्टीच्यूटलाई जापान सरकारले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने बताए ।

Advertisement

उनले विश्वमा सुचना र प्रविधिले लामो फड्को मारेको बताउँदै नेपालको सुचना प्रविधिको विकासमा जापान सरकारको साथ रहने प्रतिवद्धता जनाए । कार्यक्रममा १ नं. प्रदेशसभाकी सदस्य सावित्रा रेग्मीले मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यन गरेका ८० प्रतिशत बढी विद्यार्थी स्वरोजगार बनेको बताउँदै प्रदेश सरकारले सो इन्स्टीच्यूटलाई प्रस्ताव गरेको प्रादेशिक विश्व विद्यालय निकट भविष्यमा बन्ने दावी गरिन् ।

उनले विश्वविद्यालयको विधेयक जारी हिउँदे अधिवेशनमा पेश हुने जानकारी दिँदै सो इन्स्टीच्यूटलाई विश्वविद्यालय बनाउनका लागि आफुले महत्वपूर्ण भुमिका खेल्ने बताईन् । उनले जापान सरकारले सो कलेजलाई इन्जीनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन माझिले नेपालको विकासमा जापानको सदैव साथ र सहयोग रहँदै आएको बताउँदै बुढीगंगा गाउँपालिकाको धरोहरका रुपमा रहेको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यनरत विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि इन्जीनियरिङ सामाग्री हस्तान्तरण गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सत्यनारणयण चौधरीले सो कलेजमा हाल सम्म १ हजार ५९ जना विद्यार्थीले पास आउट गरेको बताउँदै ति मध्ये ७ सय ७६ जनाले रोजगारीमा रहेको जानकारी दिए । जापानी दुतावासको सहयोगमा सिभिल इन्जीनियरिङमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि ७ लाख ४५ हजार ८ सय रुपैयाँ बरावरको थ्रेडोलाईट, २५ ला ९४ हजार ४ सय रुपैयाँबरावरको टोटल स्टेशन, २७ ला ९ हजार ६ सय रुपैयाँ बराबरको युटिएम मेशिन हस्तान्तरण गरेको छ ।

त्यस्तै इलेक्ट्रीकलमा अध्यनरत विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि २७ ला १ हजार २ सय रुपैयाँ बरावरको सिनोराईजेसन अफ जेनेरेटर सेट, ५ लाख ८ हजार ५ सय रुपैयाँ बरावरको एयर सर्किट ब्रेकर सेट, ११ लाख ८ हजार ६ सय ५० रुपैयाँ बरावरको आयस सर्किट ब्रेकर सेट, १६ लाख ९ हजार १ सय २० रुपैयाँ बराबरको माईक्रो हाईड्रो मोडल वितरण गरेको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सुचना प्रमुख चौधरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

सम्बन्धित समाचार

Scroll to Top