इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा(फोटो फिचरसहित)

२२ माघ ७५, मंगलबार
Share this
742shares

बिराटनगर, माघ २२
बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनामा इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । बिराटनगर–९ स्थित मदरटेरेसा स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ । प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १५० जना खेलाडीहरु सहभागि रहेका छन् ।

Advertisement

बिराटनगर महानगरपालिका मेयर भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै दुई देशीय सम्बन्धलाई अझ दरो बनाउनका लागि यस्ता खालका प्रतियोगिताले अझ बल पुर्याउने बताए । उनले समृद्ध नेपाल निर्माणको लागि खेल पनि एक प्रमुख बाहक भएकाले नयाँ खेलको बिकास विस्तारका योजनाहरुमा महानगरपालिका सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

Advertisement

कार्यक्रममा फेडेरेशनका अध्यक्ष संजयकुमार यादवले बिद्यार्थीहरुलाई खेलको माध्यमबाट आपसी आत्मीयता, अनुशासन र नयाँ खेलका प्राबिधीक पक्षको ज्ञानका लागि यस्ता प्रतियोगिताहरुको आयोजना गरिएको बताए । उनले दुई देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालमा प्रख्यात खेलहरुलाई बिश्वव्यापी बनाउने र बिश्वमा विकास भएका नयाँ खेलहरुलाई नेपालमा बिस्तार गराउन अन्तर देशीय खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तता दिने बताए ।

Advertisement

प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन हुने आयोजक सदस्य अमिष रेग्मीले बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, प्याब्सन महानगर कमिटी बिराटनगरका अध्यक्ष इन्द्र राई लगायत तथा भारतका हनुमन्त राव, गौरी शंकर, अंकित जैन, संगिता कुमारी लगायतको उपस्थिती रहेको थियो । इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता पहिलो पटक विराटनरमा आयोजना गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top