×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक साता नबित्दै बस टर्मिनल भवन चर्कियो

विराटनगर : विराटनगर महानगरपालिकामा ८ करोड ४७ लाखको लागतमा निर्माण गरिएको बस टर्मिनल भवन सञ्चालनमा आएको एक साता नपुग्दै चर्किएको छ । निर्माण सम्पन्न भएको ४ महिनापछि वस टर्मिनलको माघ १६ मा उद्घाटन गरिएको थियो । बस टर्मिनलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पनि अतिथिहरुले यात्रु मैत्री नभएको भन्दै आलोचना गरेका थिए ।

नगर विकास कोषको ऋण सहयोगमा मुलुकभर सञ्चालित योजनामध्ये यो टर्मिनल पनि एक हो । महानगरले कोषबाट ९ प्रतिशत ब्याज दरमा ऋण लिएर टर्मिनल निर्माण गरेको हो । टर्मिनल चर्कन थालेपछि स्थानीयले महानगरको कामप्रति टिप्पणी गर्न थालेका छन् । निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा पनि महानगर मौन भएर निर्माण काम सम्पन्न गराएको स्थानीयको आरोप छ ।

Advertisement
Advertisement

Advertisement

टर्मिनल भवन निर्माण भइरहेको समयमा इञ्जिनियर प्राविधिकहरूले प्रभावकारी अनुगमन नगर्नुको परिणाम हो भन्दै उनीहरुले निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top