×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं, माघ २५
आज बिहान काठमाडौँ,विराटनगर लगायत देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।भूमध्यसागर हुँदै बलियो पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि मुलुकभरको भएको मौसम बदलीसँगै मुलुकभर पानी पर्नुका साथै हिमाली क्षेत्रमा पुनः हिमपात भएको हो ।

उत्तर पश्चिमी भारत हुँदै भित्रिएको प्रणालीले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिम भेगका कम उचाइमा पनि बाक्लो हिमपात भएको छ भने उच्च र हिमाली भागमा दुई फिटसम्म हिउँ परेको छ ।

Advertisement
Advertisement

पश्चिमी वायु पश्चिम क्षेत्रबाटै आउने भएकाले सबैभन्दा प्रभाव पनि पश्चिममा परेको देखिएको छ । पश्चिमको बिरेन्द्रनगरमा सबैभन्दा धेरै २२ मिलिमिटर पानी परेको छ । काठमाडौंमा पनि शुक्रबार बिहानैदेखि मौसम बदली भई चिसो बढेको छ । पूर्वी भागमा भने पूर्ण बदली भएको छैन ।

शुक्रबार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रको तापक्रममा एकाएक गिरावट आएको छ । शनिबार पश्चिमी भेगमा मौसममा आंशिक बदली हुने तथा मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यसैबीच, बाढी पूर्वानुमान महाशाखाले उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top