‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियानले जोगिएनन् बेटी

‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियानले जोगिएनन् बेटी

जनकपुर : जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन्। घरनजिकै स्कुल पनि छ। प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो। तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन्।

गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन्। पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ। फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन्। साँझ कबाडमा लगेर बिक्री गर्छिन्। पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन्।

उनलाई पढ्ने ठूलो धोको छ। तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ। उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन।’

शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा ९ठूलो प्लास्टिकको बोरा० राखेर हिँड्छिन्। मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसमा छोरी हितका लागि ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ लोकप्रिय कार्यक्रम थालेको एक वर्ष पुग्दैछ।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.