वर्षाका बीच महिला संघ मोरङको विराटनगरमा विरोध प्रर्दशन

विराटनगर,माघ २६
महिला संघ मोरङले शनिबार विराटनगरमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै देशभर विरोध प्रदर्शन गरेको महिला संघले जनाएको छ ।

Advertisement

विराटनगरमा भएको विरोध सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बर्तमान सरकारले निर्मला पन्तको हत्यारालाई बालुवाटारमा नै लुकाएर राखेको आरोप लगाए । निर्मलाको हत्या भएको २ सय दिन बितिसक्दा पनि पीडित पक्षले न्याय नपाउनु सरकारको असफलता भएको उनले टिप्पणी गरे ।

Advertisement

यस्तै वाइडबडी प्रकरण, बुढीगण्डकी जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार हुदा पनि सरकारले छानबिन गर्न नसक्नु , सुन प्रकरणका दोषीलाई कार्वाही गर्न नसक्नु, देशमा अमनचयन , शान्ति सुरक्षा कायम गर्न नसक्नुले जनता आजित भैसकेको उनको भनाई थियो ।

Advertisement

विरोधसभामा महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष डा.डिला संग्रौला, आन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, महिला संघकी केन्द्रीय सदस्य भगवती पौडेल लगायतले बर्तमान सरकार भ्रष्टचारमा निर्लिप्त भएको ,महँगी, बलात्कार बढेको, देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको भन्दै सरकारलाई सच्चिन आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top