सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेपाल

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेपाल

हेटौँडा, माघ २७
नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले जानकारी गराए ।

नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् । उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने धारणा राखे । नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.