वसन्त पञ्चमीका अवसरमा काठमाडौंमा बसन्त श्रवण

काठमाठौं, माघ २७
आज वसन्त पञ्चमीका अवसरमा काठमाडौँको बसन्तपुरमा बसन्त श्रवण गराइएको छ । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन राष्ट्रप्रमुखलाई हनुमानढोकाको नासल चोकमा बसन्त श्रवण गराउने चलन छ ।

यसै अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका पुगी बिहानको शुभसाइतमा वसन्त श्रवण गरेकी छन् । हनुमानढोका दरबार भित्रको नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले बसन्त कथा श्रवण गराएका थिए ।

राष्ट्रपति संगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरे । बसन्त श्रवण श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी राधा र गोपिनीहरु, सखीहरूले कृष्ण भगवाननको आराधना गरेको कथामा आधारित भएको मनिन्छ ।

Advertisement

आजबाट बसन्त ऋतुको आगमन हुने पनि विश्वास गरिन्छ । वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने मान्यता पनि रहेको छ । बसन्त कथा श्रवण पछि मूलपुरोहित अर्याललेसबैलाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top