काठमाडौं महानगरद्धार ९ नगरपालिकालाई १/१ करोड वितरण

काठमाडौं, माघ २७
काठमाडौं महानगरपालिकाले मातहतका नौ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले रकम हस्तान्तरण गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंभित्रका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम हस्तान्तरण गरिएको हो । सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ भने शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्नुपर्ने छ ।

त्यसैगरी बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौडामा बुढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने सम्झौता भएको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top