एनसेलसँगको बक्यौता ७२ अर्ब ५८ करोड

एनसेलसँगको बक्यौता ७२ अर्ब ५८ करोड

काठमाडौं, माघ २७
एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको छ । आइतबार बसेको अर्थ समितिको बैठकमा राजस्व सचिव लालशंकर घिमिरेले प्रस्तुत गरेको तथ्यांक अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो ।

आइतबार बसेको अर्थ समितिको बैठकले दूरसञ्चार कम्पनी एनसेलसँगको बोक्यौता रकम तत्काल उठाउन निर्देशन समेत दिएको छ । एक महिनाभित्र उक्त रकम उठान गरिसक्न निर्देशन दिइएको हो ।

त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्नेपर्ने जानकारी गराएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.