सिक्टा सिँचाइ भ्रष्टाचार: १ करोड १० लाख धरौटी बुझाएर कार्की थुनामुक्त

काठमाडौँ : सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएको २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत १ करोड १० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top