३३ किलो सुनकाण्ड : उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश तानिए

काठमाडौँ : सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो ।

Advertisement

यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई काठमाडौँ झिकाएको थियो ।

न्यायपरिषद्ले छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।,यो समाचार आजको कान्तिपुर दैनिकमा  छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top