उमेर नपुगेकी प्रेमिकालाई यौनसम्पर्क गर्दा ८ वर्ष जेल

उमेर नपुगेकी प्रेमिकालाई यौनसम्पर्क गर्दा ८ वर्ष जेल

काठमाडौँ : प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ। उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले युवकलाई सजाय सुनाएको हो ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ। युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन्।

अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती–४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ।

जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले १४ वर्ष मुनिका किशोरीसँग सहमतिमै यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.