खोटाङको थामखर्क विमानस्थलमा हप्ताको दुई दिन उडान

Share this
727shares

खोटाङ, फागुन ६
कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका–४ बडाकादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको हो ।

Advertisement

परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताए ।

दुई वर्षभन्दा बढि समय लगाएर कालोपत्रे गरिएको थामखर्क बिमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् ।

Advertisement

विमानस्थल कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयलाई काठमाण्डौ र विराटनगर पुग्नका लागि सहज हुनेछ । कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गएको माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top