×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

च्याम्पियन्स लिगमा आज के लियोनले जित्ला बार्सिलोनालाई ?

७ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । जसमा आज एक खेलमा फ्रेन्च क्लब लियोन र स्पेनिस बार्सिलोनाको भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यो खेलका लागि बार्सिलोना लियोनको घरेलु मैदानमा उत्रिँदैछ । पहिलो लेगको खेल लियोनको घरमा भएपछि दोस्रो लेगको खेल बार्सिलोनाको घरमा हुनेछ ।

Advertisement

सन् २०१५ यता च्याम्पियन्स लिग जित्न नसकेको बार्सिलोना यो सिजन हरहालतमा उपाधि जित्ने दौडमा छ । ठूला उपाधि जित्नकै लागि ट्रान्सफर मार्केटमा थुप्रै खेलाडी किनबेच गरेको बार्सिलोनाले आज लियानेविरुद्ध उत्कृष्ट टिम उतार्ने तयारी गरेको छ ।

आजको खेलमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टोलीका कप्तान लिओनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्हो, उसामान डेम्बलेलगायत अधिकांश स्टार खेलाडीलाई रोजाइमा राख्नेछन् । पछिल्लोपटक ला लिगामा आफ्नो घरमा भाल्लाडोलिडसँग कठिन जित निकाल्दा कमजोर प्रदर्शन गरेको बार्सिलोना आजको खेलमा आफ्नो पुरानो लय फर्काउने योजनामा छ ।

तर, हाल फेन्च लिग वानको तेस्रो स्थानमा रहेको लियोनले आज बार्सिलोनालाई आफ्ना घरेलु दर्शक र मैदानमा कडा टक्क्र दिने अनुमान गरिएको छ । च्याम्पियन्स लिगको समूह चरणमा उसले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई उसकै घरमा १–२ ले हराएको थियो भने दोस्रो लेगमा २–२ को बराबरीमा रोक्दा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

तसर्थ, आज लियोनले बार्सिलोनाविरुद्ध आफ्नो घरमा उत्रिँदा उही स्तरको खेल पस्किने तयारी गरेको छ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै लियोनका प्रशिक्षक बुर्नो गेनेसियाले आफूहरूले बार्सिलोनाविरुद्ध उत्कृष्ट खेल पस्किने बताएका छन् ।

घरेलु लिगको अवस्था
घरेल लिगमा बार्सिलोनाले हालसम्म २४ खेल खेलिसकेको छ । जसमा उसले १६ खेल जितेको छ भने ६ खेल बराबरी गरेको छ । उसले २ खेल मात्रै हारेको छ । लिगमा बार्सिलोनाले हालसम्म कूल अंकबाट १८ अंक गुमाएको छ । तैपनि, बार्सिलोना लिगको शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले अघि रहेको छ । यो सिजन बार्सिलोनाले लिगमा विपक्षीको पोस्टमा कूल ६१ गोल गरेको छ भने उसले २३ गोल खाएको छ । ऊसँग ३८ प्लस गोल छ ।

लिगका २४ खेल सकिँदा बार्सिलोनाले १० खेलमा ‘क्लिन सिट’ राखेको छ भने बाँकी खेलमा गोल खाएको छ । यता, फ्रेन्च क्लब लियोन घरेलु लिग वानमा तेस्रो स्थानमा छ । उसले हालसम्म लिगका २५ खेल खेलको छ । उसले २५ खेलबाट ४६ अंक बनाएको छ । ऊ हाल २ खेल कम खेलेको लिग लिडर पिएसजीभन्दा १६ अंकले पछि छ । २५ खेल खेल्दा लियोनले १३ खेल जितेको छ भने ७ खेल बराबरी गरेर ५ खेल हारेको छ । लियोनले हालसम्म लिगमा कूल अंकबाट २९ अंक गुमाएको छ । उसले लिगमा विपक्षीको पोस्टमा ४० गोल गर्दा आफूले २८ गोल खाएको छ । ऊसँग १२ प्लस गोल छ । उसले हालसम्म ७ खेलमा ‘क्लिन सिट’ राखेको छ ।

च्याम्पियन्स लिगको समूह चरण

च्याम्पियन्स लिगको अन्तिम ३२ मा बार्सिलोना समूह ‘बी’मा थियो । सो समूहबाट बार्सिलोना समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो । जसमा बार्सिलोनाले आफ्नो समूहमा डच क्लब पिएसभी इन्ढोबिनलाई ४–०, इंग्लिस क्लब टोटनह्यामलाई २–४, इटालियन इन्टर मिलालनाई २–० ले हराउँदा मिलानसँग दोस्रो खेलमा १–१ को बराबरीमा रोकिएको थियो ।

त्यसैगरी, इन्ढोबिनलाई १–२ ले हराउँदा अन्तिम खेलमा आफ्नो घरमा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको थियो ।

बार्सिलोनाले समूह चरणमा आफूले १४ गोल गर्दा आफूले भने ५ गोल खाएको थियो । त्यसक्रममा उसले २ खेलमा ‘क्लिन सिट’ राखेको थियो । बार्सिलोना समूह चरणमा अपराजित रहेको थियो ।

यता, लियोन भने समूह चरणमा समूह ‘एफ’मा परेको थियो । ऊ सो समूहबाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह चरणमा लियोनले म्यानचेस्टर सिटीलाई १–२ ले हराउँदा दोस्रो खेलमा शाख्तर डानेस्टकसँग २–२ को बराबरी खेलेको थियो ।

तेस्रो खेलमा होफेनहेइमसँग ३–३ को बराबरीमा रोकिँदा चौथो खेलमा होफेनहेइसँगै २–२ को बराबरीमा रोकिएको थियो । पाँचौं खेलमा म्यानचेस्टर सिटीसँग पनि २–२ को बराबरीमा रोकिँदा अन्तिम खेलमा शाख्तर डोनेस्टकसँग १–१ को बराबरीमा रोकिएको थियो ।

Advertisement

समूह चरणमा लियोनले १२ गोल गर्दा आफूले ११ गोल खाएको थियो । समूह चरणमा लियोनले एक खेलमा पनि ‘क्लिन सिट’ राख्न सकेन ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top