विराटनगर, फागुन ७
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर–११ अल्का टोलले दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । भद्रचोकमा आयोजित कार्यक्रममा अल्का टोल समितिले स्थानीय ९० वर्षीया नन्दकुमारी ढकाल र ८० वर्षीया जिप्सी कामतलाई सम्मान गरेको हो ।
वृद्धा ढकाल र कामतलाई वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र संयुक्त नगर टोल समन्वय समितिका अध्यक्ष राजेश मास्के, आयोजक समितिका अध्यक्ष यादनरसिंह कर्कीलगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

टोल समितिले प्रजातन्त्र दिवसका अवसरमा हरेक वर्ष सम्मान कार्यक्रम गर्दै आएको छ । त्यस्तै दुई वर्षअघि निर्माण गरिएको बुद्धमार्ग स्वागतद्वारमा राष्ट्रिय झण्डासमेत राखिएको छ । कार्यक्रममा साहित्यकार कृष्णराज कोइराला, तारा नेपाल, मोहनकृष्ण ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित कविता प्रस्तुत गरेका थिए ।