९ सय ठेक्कामध्ये बीस अर्ब ७६ करोडका ६ सय भन्दाबढी ठेक्का लथालिंग

काठमाडौँ : सरकारले सञ्चालन गरेका आयोजनामा ९ सय ६ ठेक्कामध्ये ६ सय ६२ वटा लथालिंग अबस्थामा रहेका छन्।यी डेक्का २० अर्ब ७६ करोड रुपैयाँका हुन्।,यो खबर आजको कान्तिपुर दैनिकमा छ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो। अख्तियारले रुग्ण अबस्थामा रहेका ठेक्काबारे विवरण सार्वजनिक गरेपछि सडक विभागले चासो देखाएको छ।

विभागका सूचना अधिकारी एवं सहायक प्रवक्ता अर्जुन सुवालका अनुसार सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्माको संयोजकत्वमा छानविन समिति गठन गरिएको र ठेकेदारको लापबाही पाइएमा ठेक्का रद्द गरेर ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top