मदिराको बिक्रीस्थल ब्यवस्थापनका लागि विराटनगरमा प्रर्दशन

विराटनगर, फागुन १०
शहरबजार, गल्ली, टोलटोलमा अवैध रक्सीको बिगबिगी छ, नगरपालिका, प्रहरी, प्रशासन राजस्व गन्ध सुग्न मस्त छ, लगायतका नाराका साथ शुक्रबार विराटनगरमा प्रदर्शन गरिएको छ । मदिरा व्यवस्थापन अभियानले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा छाती टासेर प्रर्दशन गरेको हो ।

चुरोट, खैनी गुटखा र मदिराले क्यान्सर लागि लिन्छ ज्यान जस्ता सचेतना मूलक पर्चा उनीहरुले छातीमा टाँसेका थिए । कार्यक्रममा बोल्दै मदिरा व्यवस्थापन अभियानका अध्यक्ष फडिराज नेपालले मन्दिर, मस्जिद,अस्पताल, विद्यालय तथा सार्वजनिकस्थलमै मदिरा व्यवसाय संचालन रहदा पनि स्थानीय तह , प्रहरी, प्रशासन मौन रहेको बताए ।

उनले वर्तमान अवस्थामा शहर बजार , टोल टोल , गल्लीगल्लीमा जथाभावी मदिरा व्यवसाय संचालन हुदा बेथिती बढेको बताए । मदिराकै कारण नागरिकको स्वास्थ्य तथा सुरक्षा जोखिममा रहेकाले सरकारले मदिरा व्यवस्थापन सम्बन्धी कानुन अबिलम्ब निर्माण गर्नुपर्ने उनले बताए । कार्यक्रममा सहभागिले मदिरा बिक्रीस्थललाई व्यवस्थित गर्न सम्बन्धित निकाय लाग्नु पर्नेमा जोड दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top