शिवलिङ्ग हेर्नेका घुइँचो

शिवलिङ्ग हेर्नेका घुइँचो

दुहवी : सुनसरीको दुहवीस्थित तुताहामा आँपरुपी शिवलिङ्ग उत्पन्न भएको एक वर्ष पुरा भएको अवसरमा कलशयात्रा सहित जलअर्पण गरिएको छ ।भक्तजनहरुले दुहवी– २ स्थित तुताहाको आँपरुपी शिवलिङ्ग पुजास्थलबाट दुहवीको बुढीखोलाबाट जल लिई कालीमन्दिर हुँदै बाजागाजा र नाचगानसहित दुहवी बजार परिक्रमा गरी जल अर्पण गरेका हुन् ।

सो कलश शोभायात्रामा टोलबासी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । दुहवी– २ स्थित तुताहाकी हरिमाया न्यौपाने(चौधरी)का अनुसार सपनामा भगवान शिवले दर्शन दिएका थिए । उनले भनिन् –‘सपनामा म तिम्रो घरको कोठामुनि निसास्सिएको छु, मलाई निकालेर स्थापना गर’ भनेपछि आफुले हेर्दा घरको कोठाको भुँइँ चर्किएको देखियो ।’

भुइँ चर्किएको देखेपछि खनेर हेर्दा आँपरुपी शिवलिङ्ग र सोको छेउमा भगवान गणेशको प्रतिमा समेत भेटिएको उनले जानकारी दिईन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.