बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’

बाउको नागरिकता साहुकहाँ, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’

जनकपुरधाम : ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट वञ्चित छिन् ।

उनको छोरा मुनेश्वरले रामअशिष यादलकहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरि पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ । यो समाचार आजकाे अन्नपूर्ण पाेष्टमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.