×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरूलाई साइबर चुनौती

१२ फाल्गुन २०७५

काठमाडौँ : साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा रहेको पत्ता लागेको छ ।

थ्रेटनिक्स रिपोर्ट दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ । प्रतिवेदनका अनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्ने गरी इन्टरनेटमा भेटिन्छन् ।

Advertisement
Advertisement

तीमध्ये अधिकांशको पासवर्ड एक दुई तीन चार पाँच, पास वर्ड वान, एबीसीडी, इमेल ठेगानामा भएको नाम, मोबाइल नम्बर वा आफ्नो ठेगाना राखिएका छन्, अनुसन्धानमा संलग्न सुयश नेपालले भने, हामीले सम्बन्धित बैंकहरूलाई उनीहरूको सुरक्षा कमजोरीको विषयमा जानकारी गराएका छौं ।,यो सममाचार आजको कान्तिपुर दैनिकमा छ ।

विशेषगरी संस्थागत इमेलहरूमा पासवर्ड कमजोर राख्ने प्रवृत्ति रहेको भेटिएको उनले बताए । इन्टरनेटमा भेटिएको इमेल र तीनका पासवर्डमध्ये तीन हजार बढी नेपाल बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित छन् । तीमध्ये १ हजार ८० वटा इमेल र पासवर्ड डट एनपी डोमेनको आधारमा तयार पारिएका र बाँकी २ हजार २ सय १७ वटा पासवर्ड डट कम डोमेनको आधारमा तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

Advertisement

थ्रेटनिक्सको प्रतिवेदनमा बैंक तथा वित्तीय क्षेत्रको मात्र नभई सरकारी वेबसाइटमा संकलन भएका इमेलका पासवर्डहरू पनि सार्वजनिक भएको औंल्याइएको छ । अध्ययनको क्रममा सरकारी वेबसाइटमा संकलन भएका १० हजार १ सय बढी इमेल ठेगानाको विश्लेषण गर्दा तीमध्ये १ हजार १६ वटा इमेलको पासवर्डसहितको विवरण यसअघि नै चोरिइसकेको पाइएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top