एजेन्सी, फाल्गुन १२
औद्योगिक र व्यवसायिक क्षेत्रमा अग्रणी रहेको चौधरी ग्रुपले माल्टोजिङ्ग नामको नयाँ उत्पादन बजारमा ल्याएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपले नयाँ उत्पादन बारे जानकारी गराएको हो । माल्टोजिङ्ग ऋबिककष्अ ःबति र ऋजयअयबितभ को स्वादमा शनिबारदेखि नै बजारमा आएको छ । सार्वजनिक गरिएको ऋबिककष्अ ःबति प्रति ५ सय ग्रामको ३ सय ५० रुपैया र ऋजयअयबितभ प्रति ५ सय ग्रामको ३ सय ३० रुपैया बजार मुल्य रहेको छ । चौधरी ग्रुप अन्तर्गत बि एल सी होल्डिङ्स अन्र्तगतको ‘इन्सट्यान्ट मिल्स प्रा.लि.’ को उत्पादन र प्रर्बधनमा माल्टोजिङ्ग ल्याईएको हो । माल्टोजिङ्ग मा मल्टी भिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको उपभोगले कुपोषणको समस्यालाई रोक्ने भएकाले सबै उमेर समूहकाले प्रयोग गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ । माल्टोजीङग बजारमा विद्यमान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ सस्तो मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सीईओ होम न्यौपानेले बताए । उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उद्देश्यले उत्पादन गरिएको हो ।