उपप्रधानमन्त्रीसँग भेट्दै अमेरिकी रक्षामन्त्रीले भने, ‘सहयोगका लागि तयार छौँ’

उपप्रधानमन्त्रीसँग भेट्दै अमेरिकी रक्षामन्त्रीले भने, ‘सहयोगका लागि तयार छौँ’

काठमाडौं, फागुन १३
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित रक्षा मन्त्रालयमा रक्षामन्त्री पोखरेल र अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफबीच दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएका थिए भने फेल्टरले सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.