×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

टिमका म्यानेजरले किपरलाई परिवर्तन गर्न खोज्दा यस्तो भयो

१३ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १३
इंग्लिस लिग कप फुटबलमा गत राति भएको फाइनल खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जित्यो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । जहाँ सिटीले चेल्सीलाई ४–३ ले स्तब्ध बनाउँदै लगातार दोस्रोपटक लिग कपको उपाधि पोल्टामा पार्यो । सो खेल दौरान चेल्सीको प्यानलमा भने फुटबलमा लागि दुर्लभजस्तै लाग्ने दृश्य देखियो ।

निर्धारित समयपछि पेनाल्टीमा खेल जाने पक्का भएपछि चेल्सीका प्रशिक्षक सारीले पेनाल्टीका लागि गोलरक्षक परिवर्तन गर्ने तयारी गरे । उनले बेन्चमा रहेका अर्जेन्टिनी गोलरक्षक विली क्याबेल्लेरोलाई तयार पारे । विली वार्मअप गरिकन मैदान छिर्न तयार भएर लाइनमा उभिए ।

Advertisement
Advertisement

तर, मौदनमा रहेका चेल्सीका गोलरक्षक किपाले बडा गजबको व्यवहार देखाए । उनले सब्सिच्युट हुन मानेनन् । लाइनबाट उनलाई बाहिर आउन भनिरहँदा किपाले ठाडै सब्सिच्युट हुन अस्वीकार गरे । उनले ‘किन सब्सिच्युट हुने’ भन्दै प्रशिक्षकलाई प्रश्न मात्रै गरेनन्, लाइनमा बसेका अर्का गोलरक्षक विलीलाई समेत बाहिरै बस्न इशारा गरे ।

त्यसक्रममा चेल्सीका अन्य खेलाडीले पनि किपालाई कोचको कुरा मान्न भनेर सम्झाए । मैदानबाहिर रहेका चेल्सीका अन्य अफिसियलले पनि किपालाई इशाराले बोलाए । किपाले सब्सिच्युट हुन नमानेकोमा उनीहरूले आश्चार्य प्रकट गरे ।

तर, कसैको केही सीप चलेन । किपाले मैदान छाडेनन् । र, पेनाल्टी रोक्ने जिम्मा लिने भए । किपाको यस्तो व्यवहारपछि चेल्सीका प्रशिक्षक सारी खुब तनावमा देखिए । उनले मैदान बाहिरैबाट आक्रोशित व्यवहार देखाए । सारी रिसले चुर हुँदै यताउता दौडिरहेका देखिन्थे । उनले बेन्चमा रहेका सामानलाई किक हानिरहेका थिए भने अन्य अफिसियलसँग पनि आक्रोश पोखिरहेका थिए ।

अन्ततः मैदानमा पेनाल्टी सुरु भयो । सिटीको कूल ५ पेनाल्टीमध्ये एक पेनाल्टी रोकेर किपाले आफूलाई प्रमाणित गर्न खोजेका थिए । तर, चेल्सीका २ जना खेलाडी पेनाल्टीमा असफल भए । एकजनाको पेनाल्टी सिटीका गोलरक्षकले रोके भने अर्का एक खेलाडीको प्रहार पोलमा लाग्दै बाहिरिँदा चेल्सी ४–३ ले स्तब्ध बन्यो । र, उपाधि सिटीले उचाल्यो ।

Advertisement
Advertisement

सो खेलपछि अहिले चेल्सीका गोललरक्षक किपाको सर्वत्र आलोचना बढेको छ । कोचको निर्णय नमानेर उनले अनुशासनहीन काम गरेको भन्दै सामाजिक सन्जालमा उनको चर्को आलोचना भइरहेको छ । किपाले प्रशिक्षकको निर्देशन र निर्णय अस्वीकार गरेर कोचकै बेइजत गरेको भन्दै उनलाई सामाजिक सन्जाल प्रयोगकर्ताले गाली गरिरहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top