×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

देउवालाई डा. शेखरको जवाफ ‘म को हुँ मलाई हेक्का छ’

१३ फाल्गुन २०७५

विराटनगर, फागुन १३
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीे सभापति शेरबहादुर देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे ‘‘म को हुँ भन्ने मलाई हेक्का रहेको प्रतिक्रिया दिएका छन ।

विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन् बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु’’ भन्दै पार्टी सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे ।

Advertisement
Advertisement

‘‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’’ कोइरालाले भने‘‘वीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको काँग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिंदा राजनीतिक प्रस्तावनामा यसलाई नजअन्दाज गरिएको छ ।’’

योगदान विश्वले सम्झिरहेको छ तर यहाँ भने इतिहास मेटाउन खोजिएको बताउँदै वहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफूँ काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताए ।

तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए । महासमितिले दिएको ‘म्यान्डेड’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने कोइरालाको जोड छ ।

१४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप पनि उनले लगाए । कोइरालाले भने,‘‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ तर सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ ।’’

Advertisement
Advertisement

पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफूँ कार्यकर्तामाझ जाने र गईरहने बताउँदै कोइरालाले भने,‘‘काँग्रेस कमजोर भएको छ । पछिल्लो पटक विप्लव माओवादीको गतिविधिले देश पुनः द्वन्द्वकै चरणमा फर्काउने कोसिस सुरु गरिएको बताउँदै भने,‘‘उनीहरुसँग वार्ता पनि गर्नुपर्छ र अपराध गरे कानुनी कठघरामा पनि लैजानु पर्छ । दुबै विधिबाट सरकारले समस्या समाधानको बाटो खोज्नु पर्छ ।’’ कोइरालाले मानिसको ज्यान जाने गरी घटना गराउनु हिंसा भएको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top